सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ३० हजार पुग्यो



काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। आज छापावाल सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मूल्य हो।

यसअघि सुन चैत ९ गते हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख २७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार एक सय रुपैयाँले बढेको हो।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा २ हजार एक सय रुपैयाँले नै बढ्दै १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यता चाँदीको मुल्य पनि आज बढेको छ। बिहीबारको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँले बढ्दै १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्