अटो दुर्घटना हुँदा ३ जना घाइते



दाङ ।

दाङको लमहीमा बिहीबार अटो दुर्घटनामा परेको छ। दाङ प्रहरीका अनुसार लमही नगरपालिका ९ अम्राई खोला नजिक तुलसिपुर–अमिलिया सडक खण्डमा तुलसिपुरबाट अमिलियातर्फ आउँदै गरेको अटो दुर्घटनामा परेको हो।

अटो सडकबाट करिब २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। प्रहरीले अटो चालकसहित ३ जना घाइतेको सकुशल उद्धार गरेको छ।

प्रतिक्रिया दिनुहोस्