राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले बुझाइन् राजीनामा



काठमाडौँ ।

 राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् ।

अर्यालले बिहीबार राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाएकी हुन् ।

नयाँ सत्ता समीकरणमा अध्यक्ष माओवादी केन्द्रको भागमा परेर दाहाल निर्वाचित भएपछि माओवादी नेतृ समेत रहेकी अर्यालले राजीनामा दिएकी हुन् ।

राष्ट्रिय सभाको उपाध्यक्षमा यस अघि एमालेको दाबी रहेपनि एकीकृत समाजवादीले दाबी गरेपछि एमालेले छोडेको थियो ।

प्रतिक्रिया दिनुहोस्