गृहमन्त्री लामिछाने र बेलायतका राजदूत रोब फेनबीच भेटवार्ता



काठमाडौं ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका राजदूत रोब फेनबीच भेटवार्ता भएको छ ।

उक्त मन्त्रालयमा भएकाे भेटवार्तामा राजदूतद्वारा बधाई र सफल कार्यकालको शुभकामना दिएका व्यक्त गरेका छन्  । एकसय वर्षभन्दा बढीको घनिष्ठ सम्बन्धमा बेलायतले नेपालको पूर्वाधार विकास, सामाजिक उत्थान, सरकारी तथा गैर-सरकारी निकायको क्षमता अभिवृद्धि, विपद् व्यवस्थापन, गोर्खा सैनिक भर्नालगायत विषयमा गरेको सहयोग, सहकार्य र समन्वयका लागि गृहमन्त्रीले आभार व्यक्त गरेका छन्   ।

लोकतन्त्रको सुदृढीकरण, जलवायु परिवर्तन अनुकुलन, सामाजिक समावेशीकरण, सामाजिक विभेद र वञ्चितीकरण न्यूनिकरणमासमेत बेलायत सरकारसँग थप समन्वय र सहकार्यको अपेक्षा व्यक्त गरे  ।

जाजरकोट भूकम्पको पुनःनिर्माणमा बेलायत सरकारले अनुदान उपलब्ध गराउने र नेपालको विकास निर्माण साझेदारीताका लागि नयाँ योजना ल्याउने क्रममा रहेको राजदूत फेनले गृहमन्त्रीलाई जानकारी दिए ।

गोर्खा सैनिकले गरेको योगदान स्मरण गरेर बेलायत सरकारले उठाउँदै आएका मुद्दा न्यायोचित रुपमा सम्बोधन गर्नेमा आफू विश्वस्त रहेको गृहमन्त्रीको बताएका छन्  । विकासमा साझेदारी अनन्तकालसम्म रहने अपेक्षा गर्दै राजदूत फेनले आफ्नो आग्रहलाई स्वीकार गरेकाेमा गृहमन्त्रीलाई धन्यवाद व्यक्त गरेका छन्  ।

प्रतिक्रिया दिनुहोस्