सुनकोशीमा बेपत्ता तिनै बालबालिकाको शव भेटियो



गाईघाट ।

होली खेलेर नुहाउने क्रममा सुनकोशीमा बेपत्ता भएका तिनै बालबालिका मृत्य फेला परेका छन् । उनीहरु आईतवारदेखि हराएका थिए ।

जसमा बुधबार त्रियुगा नगरपालिका वडा नम्बर १४ साउने बस्ने बर्ष ९ की रेखा मगर मृत अवस्थामा फेला परेकी छन् भने मंगलबार सोही ठेगाना बस्ने बर्ष ६ को रिदम मगर मृत अवस्था फेला परेको थिए। ।

रेखाको शव उदयपुरको त्रियुगा नगरपालिका २४ स्थित सिम्ले नजिक दुर्गे ढुङ्गामा फेला परेको र रिदमको शव खोटाङको बाराहापोखरी गाउँपालिका वडा नम्बर २ टप्पुभन्ने स्थानमा फेला परेको थियो ।

त्यस्तै ९ वर्षका लोकचन्द्र मगरको शव बुधबार अपराहन्न भेटिएको हो । होली खेल्दै सुनकोशीमा नुहाउने क्रममा बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्