माओवादी केन्द्रले इलाम र बझाङको उपनिर्वचनमा उम्मेदवारी दिने



काठमाडौं ।

नेकपा माओवादी केन्द्रले वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो उम्मेदवारी दिने निर्णय गरेको छ। बुधबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले इलाम २ र बझाङ-१ (क) मा उम्मेदवारी दिने निर्णय गरेको हो।

योसँगै अहिलेको नयाँ समीकरणबाट उपनिर्वाचनमा साझा उम्मेदवार भने नहुने निश्चित भएको छ।

अहिलेसम्म  एमालेले इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाएको छ।

प्रतिक्रिया दिनुहोस्