दुई फरार प्रतिवादी पक्राउ



उदयपुर ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको विशेष प्रहरी टोलीले मंगलबार वन मुद्दामा अदालतबाट दोषी ठहर भएका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार विभिन्न मितिमा उदयपुर जिल्ला अदालतबाट वन मुद्दामा फैसला भै फरार रहेका सजाय र जरिवाना तोकिएका त्रियुगा नगरपालिका ९ राजावास बस्ने वर्ष २७ को शिव सदा र सोही ठाउँ घर भएकी वर्ष २८ की सोनिया सदालाई पक्राउ गरी फैसला कार्यान्वयनकालागि जिल्ला अदालत उदयपुरमा मंगलबार नै बुझाएको हो ।

उदयपुर जिल्ला अदालतले दुबैलाई जनही १ हजार ५ सय ५१ रपैया ३३ पैसा जरिवाना तोक्नुका साथै ३ महिना कैद सजाय तोकेकोमा दुबै फरार अवस्थामा रहेकोले घरमै लुकी छिपी रहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्