सुशासन विकास निर्माण देशको प्रमुख एजेन्डा : ईश्वर पोखरेल



उदयपुर।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशमा सुशासन कायम विकास निर्माण अहिलेको सरकारको प्रमुख एजेन्डा रहेको बताएका छन् ।
मङ्गलबार उदयपुरको गाईघाटमा एमाले उदयपुरको नवाै जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले रोजगारी उत्पादन सीपलाई प्राथमिकता दिएर  वर्तमान सरकाले काम गर्ने र नेकपा एमालेले पनि यसलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

उनले  पार्टीले पनि स्थानीय जनताका समस्याप्रति ध्यान दिएर काम गर्नु पर्ने र भ्रष्टाचार ढिला सुस्ती विकृितहरलाई जरैदेखि उखालेर नफालेसम्म देशको समृद्धि नहुने भएकोले पार्टीका नेता कार्यकर्ताहरुले पनि यश विषयमा ध्यान दिनुपर्ने बताए । भ्रष्टाचारका विरुद्धमा नलाग्ने एमनले हुन नसक्ने उनले बताए ।

मङ्गलबार नै प्रेस चौतारी नेपाल उदयपुर शाखाले गरेको पत्रकार सम्मेलनमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले काेशी प्रदेशमा सहमतिका आधारमा एमालेको सरकार बन्ने बताएका छन्।

वरिष्ठ उपाध्यक्ष पोखरेलले काेशीमा एमालेको सरकार बनाउन छलफल भैरहेकाे र दलीय सहमतिका आधारमा सरकार बनाउने कुरा चलिरहेकोले आवश्यक तयारीमा लागेको बताए।

उनले वाम एकताभन्दा पनि मुलुककाे राजनीतिक एकता आवश्यक रहेको जानकारी दिँदै अहिले मुलुक नयाँ राजनीतिक समिकरण बनाएर अघि बढेकाेले सम्भव भएसम्म मुलुकका सबै राजनीतिक शक्तिलाई समीकरणमा एकताबद्ध गरेर अघि बढने एमनलेकाे लक्ष्य र उद्देश्य रहेको बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले मिसन ८४ सफल पार्न याे राजनीतिक समिकरणले एमालेलाई मद्दत गर्ने छ र मुलुककाे आर्थिक समृद्विकालागि पनि महत्त्वपूर्ण भूमिका निभाउने  भएकोले मुलुकलाई सही बाटोमा लैजान पनि हालको राजनीतिक समीकरणको निष्कर्ष रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्