गृहमन्त्री लामिछाने र इजरायलका राजदूत गोदरबीच भेटवार्ता



काठमाडौं ।

उपप्रधान एव गृहमन्त्री रवि लामिछाने र नेपालका लागि इजरायलका राजदूत हनान गोदरबीच भेटवार्ता भएको छ । साेमबार मन्त्रालयमा भएको भेटवार्तामा राजदूत हनान गोडरले गृहमन्त्रीमा नियुक्त भएकोमा लामिछानेलाई बधाईसमेत दिएका छन् ।

उनीहरुबीच नेपाली नागरिकको इजरायलमा हालको अवस्था, नेपाली विद्यार्थीका लागि छात्रवृत्ति, साथै विपिन जोशीलाई सुरक्षित नेपाल फर्काउने लगायतका विविध विषयमा छलफल भएको थियो।

राजदूतले विपिन जोशीको अवस्थाबारे इजरायल सरकार पनि चिन्तित रहेको भन्दै उनी सहित ज्यान गुमाउने १० जना नेपालीको परिवारलाई इजरायल सरकारले राहत स्वरुप भत्ता उपलब्ध गराउन थालेको जानकारी दिए ।

गृहमन्त्रीले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वको शान्तिपूर्ण समाधान होस् भन्ने कामना गरेका छन् । राजदूतले त्यहाँको अवस्थाको मूल्यांकनका आधारमा परिवारको पुनर्मिलन र भ्रमणका लागि सहजीकरण गरिने विषयमा छलफल गरी ठोस कदम चालिने बताएका छन् ।

उनीहरुबीच कृषि, सूचना प्रविधि, रोजगारी सिर्जनालगायत क्षेत्रमा सहकार्य र नेपाल(इजरायलको सम्बन्ध विस्तार र सुदृढका लागि थप सहकार्यबारे पनि छलफल भएको जनाएकाे छ  ।

प्रतिक्रिया दिनुहोस्