अछाममा ट्याक्टर दुर्घटना, ५ जनाको मृत्यु



काठमाडौं ।  अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। सोमबार बिहान मेल्लेख गाउँपालिका-७ नन्देगडाको सुयडीमा ट्याक्टर दुर्घटना भएको हो।

मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए।

षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र एक बालक घाइते भएका छन्। घाइतेलाई उपचारको लागि बयालपाटा अस्पताल लगिएको छ।

प्रतिक्रिया दिनुहोस्