एकैदिन २३ फरार प्रतिवादी पक्राउ



उदयपुर ।

जिल्ला प्रहरी कार्यालय उदयपुरको विशेष टोलीले आइतबार एकैदिन विभिन्न मुद्दामा अदालतबाट जरिवाना तोकिएका २३ जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार सार्वजनिक अपराध मुद्दामा जरिवाना तोकिएका ३ जना, गाली बेइज्जती मुद्दाका ६ जना, लुटपिट मुद्दाका ६ जना, जालसाँची मुद्दाका ६ जना, वन म्घाका १ जना र बहु विवाह मुद्दाका १ जना रहेका छन् ।

पक्राउ परेकाहरुलाई उदयपुर जिल्ला अदालतले ५० देखि ४ हजार ८ सयसम्म जरिवाना तोकेको भए पनि उक्त रकम नबुझाई फरार रहेकोले पक्राउ गरी फैसला कार्यान्वयनकालागि जिल्ला अदालत उदयपुरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसरी पक्राउ पर्नेहरुमा सार्वजनिक अपराध मुद्दामा ४ हजार ८ सय जरिबाना भएका जिल्ला उदयपुर त्रियुगा नपा १४ बस्ने औतार सिंह राई, सार्वजानिक अपराध मुद्दामा ४ हजार जरिबाना भएका जिल्ला उदयपुर त्रियुगा नपा १४ बस्ने विमल भन्‍ने युवराज राई, सार्वजनिक अपराध मुद्दामा ४ हजार जरिबाना भएका जिल्ला उदयपुर त्रियुगा नपा १४का विवेक राई रहेका छन् ।

यस्तै वन मुद्दामा ७९७ जरिबाना भएका जिल्ला उदयपुर त्रियुगा नपा १४ बस्ने छविलाल मगर,लुटपिट मुद्दामा १४१ जरिबाना भएका जिल्ला उदयपुर त्रियुगा नपा १४ बस्ने यादव बहादुर राई, गाली बेइज्जती मुद्दामा १२५ जरिबाना भएका जिल्ला उदयपुर त्रियुगा न।पा। १४ बस्ने यादव बहादुर राई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गाली बैइज्जती मुद्दामा ५० जरिबाना भएका जिल्ला उदयपुर त्रियुगा नपा १५ बस्ने चन्द्र बहादुर पुरी, गाली बैइज्जती मुद्दामा ५० जरिबाना भएका जिल्ला उदयपुर त्रियुगा नपा १५ बस्ने मोतिलाल पुरी, गाली बैइज्जती मुद्दामा ५० जरिबाना भएकी जिल्ला उदयपुर त्रियुगा नपा १५ बस्ने कृष्‍ण कुमारी पुरी रहेकी छिन । सोही मुद्दामा ५० जरिबाना भएकी जिल्ला उदयपुर त्रियुगा न।पा। (१५ बस्ने बाल कुमारी पुरी गाली बैइज्जती मुद्दामा ५० जरिबाना भएकी जिल्ला उदयपुर त्रियुगा न।पा। (१५ बस्ने चित्रमाया पुरी रहेको प्रहरीले जनाएको छ ।

अर्को कुटपिट मुद्दामा ८७ जरिबाना भएका जिल्ला उदयपुर त्रियुगा नपा १५ बस्ने चन्द्र बहादुर पुरी, लुटपिट मुद्दामा ८७ जरिबाना भएका जिल्ला उदयपुर त्रियुगा नपा १५ बस्ने मोतिलाल पुरी, लुटपिट मुद्दामा ८७ जरिबाना भएकी जिल्ला उदयपुर त्रियुगा नपा १५ बस्ने कृष्‍ण कुमारी पुरी, लुटपिट मुद्दामा रु ८७ जरिबाना भएकी जिल्ला उदयपु त्रियुगा नपा १५ बस्ने बाल कुमारी पुरी र लुटपिट मुद्दामै ८७ जरिबाना भएकी जिल्ला उदयपुर त्रियुगा नपा १५ बस्ने चित्रमाया पुरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यस्तै गरी जालसाजी मुद्दामा ६२ जरिबाना भएका जिल्ला उदयपुर त्रियुगा नपा १५ बस्ने पेशल कुमार मगर, जालसाजी मुद्दामा रु ६२ जरिबाना भएका जिल्ला उदयपुर त्रियुगा नपा १५ बस्ने चुडामणी मगर,जालसाजी मुद्दामा ६२ जरिबाना भएका जिल्ला उदयपुर त्रियुगा नपा १५ बस्ने पारस मगर, जालसाजी मुद्दामा रु ६२ जरिबाना भएकी जिल्ला उदयपुर त्रियुगा नपा १५ बस्ने शान्ता मगर रहेकी छिन ।

जालसाची मुद्दामै ६२ जरिबाना भएकी जिल्ला उदयपुर त्रियुगा नपा १५ बस्ने नरमाया मगर, जालसाजी मुद्दामा ६२ जरिबाना भएका जिल्ला उदयपुर त्रियुगा नपा(१५ बस्ने टेक बहादुर मगर र वहु विवाह मुद्दामा ५० जरिबाना भएकी जिल्ला उदयपुर त्रियुगा नपा १५ बस्ने रेणुका मगरलाई पक्राउ गरी जिल्ला अदालत उदयपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्