नेपालगन्जको वाटर पार्कमा मोटरबोट सञ्चालनमा, कति लाग्छ शुल्क ?



नेपालगन्ज। 

मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले नेपालगन्ज स्थित वाटरपार्कमा सेवा विस्तार गरेको छ।

१ करोड ८ लाख रुपैयाँ लागतमा तयार गरेर परीक्षणकालीन व्यावसायिक सेवा सुरु गरेको कम्पनीले आउँदो वैशाखमा भव्य उद्घाटन  गर्ने तयारी गरेको सञ्चालक बि.बि. (विष्णु) ढकालले बताए।

खासै प्रयोगमा नआएको नेपालगन्जको वाटर पार्क नामक पोखरीलाई मोटरबोट चलाउन योग्य बनाउन करिब दुई महिना समय लागेको ढकालले जानकारी दिए ।  वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरिङ गरेर  प्रयोग गरेको छ ।

कम्पनीले वाटरपार्कमा मोटरबोट सञ्चालन गरे बापत नेपालगन्ज महानगरपालिकालाई वार्षिक २५ लाख रुपैयाँ बुझाउने सम्झौता भएको ढकालले जानकारी दिए।

कति लाग्छ शुल्क?

पर्यटकले मोटरबोट चड्न २ सय पचास रुपैयाँ तिर्नुपर्छ । बाह्रसय बर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै ४ किलोमिटर दुरी सयर गर्न सक्नेछन् ।

के छ आगामी योजना ?
नेपालगन्जको सोही पार्कमा जेट स्कि, ५ वटा पावरस्पोर्ट्स, फ्लोटीङ रेष्टुरेण्ट, अपोजिट बन्जि, साइक्लिङ, जिपलाइन लगायतको सेवा समेत विस्तार गर्ने योजना रहेको ढकालले जानकारी दिए ।

यस अघि चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्