बसको ठक्करबाट साइकल यात्रीको मृत्यु 



रौतहट। 

रौतहटको चन्द्रपुर नगरपालिका १ मङ्गलपुरमा बसको ठक्करबाट आज साइकल यात्रीको मृत्यु भएको छ । चन्द्रनिगाहपुरबाट पुर्ब जादै गरेको मे १ ख ख २५३६ नम्बरको यात्रुवाहक बसको ठक्करबाट चन्द्रपुर नगरपालिका १ पौराई निवासी जगत  बहादुर राईको घटनास्थलमो मृत्यु भएको छ ।

 उनको श्रीमती ५५ वर्षीय धनमाया राई घाइते भएकी छन् ।स्थानीयले घटनाको विरोधमा चक्काजाम गरेका छन । होली पर्वमा प्रहरीको सुरक्षा फितलो रहेको आरोप छ।

प्रतिक्रिया दिनुहोस्