पोखरा उडेका जहाज काठमाडौँ फर्किए



काठमाडौँ।

काठमाडौंबाट पोखरा उडेको बुद्ध र यतीका जहाज अवतरण हुन नसकेपछि फर्किएका छन् । यतीको उडान नम्बर ६७३, बुद्धको उडान नम्बर ६०५ र ६५१ काठमाडौँ फर्किएका हुन्।

बुद्ध एयरको उडान नम्बर बीएचए ६५१ नम्बरको जहाज आज बिहान पौने ९ बजे ७१ जना यात्रु बोकेर त्यता उडेको थियो । तर, पोखराको आकाशमा चरा अत्याधिक उडेका कारण अवतरण गर्न नसकेपछि काठमाडौँ नै फर्काइएको हो ।

सो जहाज बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको बताइएको छ । त्यसैगरी, ७० जना यात्रु लिएर बिहान पौने १० बजे काठमाडौँबाट उडेको बुद्धकै अर्को जहाज पनि पोखरा अवतरण गर्न सकेन ।

उडान नम्बर बिएचए ६०५ को जहाज अवतरण हुन नसकेपछि पुन: काठमाडौँ फर्काएर साढे ११ बजे त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्