एमालेको सचिवालय बैठक बस्दै



काठमाडौं ।

नेकपा एमालेको सचिवालयको बैठक आज बस्दै छ। आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बैठक बोलाइएको हो।

आजको बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ। नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भएपछिको भिन्न परिस्थीतिका बारे पनि बैठकमा छलफल हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्