जीप दुर्घटना अपडेटः मृतक र घाइतेको पहिचान खुल्यो



हुम्ला।

हुम्लाको दक्षिण भेगको अदानचुली गाउँपालिका–४ मा भएको जीप दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुलेको छ ।

धुलाचौरबाट आउँदै गरेको सु प प ००१ ज ११८३ नम्बरको बोलेरो जीप आज दिउँसो पाम्स मोडमा दुर्घटना भएको थियो । दुर्घटनामा परी दुई जनाको ज्यान गएको थियो भने सात जना घाइते भएका थिए ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार मृत्यु हुनेमा अदानचुली गाउँपालिका–५ करगाइ गाउँका अन्जादी ३९ वर्षिया फागुने लुवार र सोही वडा बारिगाउँ गाउँका १३ वर्षिया प्रवेश ऐडी छन् । दुवै जना भारतमा घर फर्कने क्रममा थिए ।

साथै घाइते हुनेमा चालक जनक ठगुन्ना, सवारीधनी धनबहादुर महतारा, बारिगाउँका ४५ वर्षिया रामबहादुर ऐडी, अदानचुली–५ का ५७ वर्षका कुल टमटा, बल बोहोरा, चैती बोहोरा, खगेन्द्र टमटा छन् ।

घाइतेको हाल श्रीनगर स्वास्थ्यचौकीमा प्रथामिक उपचार भइरहेको छ । गम्भीर घाइते चालक ठगुन्ना र सवारी धनी महतारालाई थप उपचारका हेलिकप्टरमार्फत अन्यत्र लैजान पहल भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्