माओवादी केन्द्र जुम्लाको संयोजकमा न्यौपाने 



  जुम्ला।

नेकपा माओवादी केन्द्र जुम्लाको जिल्ला संयोजकमा नवराज न्यौपाने चयन भएका छन्। सुर्खेतमा शुक्रबार बसेको माओवादी केन्द्रको कर्णाली प्रदेश स्तरीय बैठकले न्यौपानेलाई संयोजकको जिम्मेवारी तोकेको हो ।

 पार्टीले आफ्नो कामको मूल्याङ्कन गरी जिल्ला संयोजकको जिम्मेवारी दिएकोमा कुशलतापूर्वक सो  जिम्मेवारी वाहन गर्ने संयोजक न्यौपानेले बताए। स्थानीय तहको पहिलो निर्वाचन २०७४ मा तातोपानी गाउँपालिका जुम्लाको अध्यक्षमा निर्वाचित भएका थिए ।

पाँच वर्षे तातोपानी गाउँपालिका जुम्लाको प्रमुख भूमिका निर्वाह गरेका न्यौपानेले संयोजकको जिम्मेवारी प्राप्त गरेको छन् ।जिल्ला संयोजकको जिम्मेवारीसँग राजनीतिक गतिविधिमा सहज हुने अपेक्षा गरिएको नेकपा माओवादी केन्द्र जुम्लाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्