गृहमन्त्री लामिछानेलाई एक मिनेट पनि पदमा बस्ने छुट छैन् : शेखर कोइराला


काठमाडौँ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका छन् ।

उनले गृहमन्त्री लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको टिप्पणी गरेका छन् ।उनले सडकदेखि संसदसम्म चौतर्फी विरोध भैरहँदा पनि लामिछाने पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको त छैन भन्ने प्रश्न उठेको समेत बताए ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने–‘‘तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भैहाल्यो ।’

कांग्रेसले रवि लामिछानेमाथि अनुसन्धान भएकोले संसदीय छानबिन समितिको माग गर्दै लगातार सदन अवरोध गरिरहेको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहालले भने सहकारी काण्डमा रवि लामिछानेको कुनै संलग्नता नरहेको स्पष्ट पारिसकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रविमाथि संसदीय छानबिन समिति आवश्यक नरहेको बताइसकेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।