‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परमा ठोक्किँदा ६ जना घाइते, एकको अवस्था गम्भीर



काठमाडौँ।

टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टीम चढेको कार टिप्परमा ठोक्किँदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा निर्देशक विशाल भण्डारी लगायत रहेको प्रहरीले जनाएको छ ।

विहीबार बिहान नगरकोटबाट फर्कंदै गर्दा उनीहरु सवार बा-१-०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको थियो ।

दुर्घटनाका घाइतेलाई मध्यपुर ठिमी अस्पतालमा लगिएको थियो । जसमध्ये निर्देशक भण्डारी र पूजन अधिकारी डिस्चार्ज भएका छन् भने चारजनाको उपचार भैरहेको छ।

सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई अस्पतालमा उपचार गराइरहेका छन् । उपचाररत एकजनाको अवस्था गम्भीर रहेको बाताइएको छ।

प्रतिक्रिया दिनुहोस्