विभिन्न देश पठाइदिने भनी ठगी गरेको आरोपमा पाँचजना पक्राउ

2.35k
Shares

काठमाडौँ।

बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनि आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरुबाट रकम लिएपश्चात विदेश नपठाई सम्पर्क विहीन हुनेहरूलाई प्रहरीले पक्राउ गरेको छ। चैत ९ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पाँच जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकका युवराज सापकोटा, काठमाडौंको बूढानीलकण्ठका श्रृति शाही, सोही स्थानका कुमार खड्का, मन्दिरा बोम्जन गुरुङ, कैलाली टीकापुरकी अस्मिता बम र सुनसरीको भोक्राहकी अनिता कुमारी यादव रहेका छन्।

पक्राउ परेका उनीहरूलाई वैदेशिक रोजगार विभागमा बुझाइएको प्रहरीले जनाएको छ।