हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्तिबारे गृहमन्त्रीले थाले छलफल



काठमाडौं ।

 विभिन्न अपराधमा पक्राउ परेका आरोपी तथा अभियुक्तहरु नेपालमा प्रहरी हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्तिबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल गरेका छन्  ।

काउन्सिलका प्रतिनिधिलाई मन्त्रालयमा आमन्त्रण गरी मन्त्री लामिछानेले स्वस्थ व्यक्तिसमेत हिरासत छल्न अस्पतालमा बस्ने प्रवृत्ति रोक्न काउन्सिलबाट सुझाव मागेका छन्  ।

छलफलमा गृहमन्त्री लामिछानेले विदेशका व्यवस्थासहित नेपालमा हालसम्म भएका घटना र प्रवृत्तिको अध्ययन बेथिति न्यूनीकरणका उपायसहितको प्रतिवेदन दिन आग्रह गरे । यसबारे मन्त्रालयले सोमबार काउन्सिललाई पत्राचार गर्नेछ।

छलफलमा सहभागी काउन्सिलका सदस्य डा. कुञ्जाङ शेर्पाले यो प्रवृत्तिबारे गृह मन्त्रालयले पहिलोपटक चासो राखेको बताए । छलफलमा डा. शेर्पासहित काउन्सिलका सदस्यहरु डा.रुपक घिमिरे, डा. प्रणयरत्न शाक्य र डा.कालुसिंह खत्री सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्