बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा



काठमाडौँ।

बाँसबारी जुत्ता कम्पनीको अतिक्रमण भएको जग्गा सरकारको नाममा ल्याइएको छ ।

शुक्रबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत छविराम नेपालीले अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको जानकारी दिए ।

उनले चाँदबाग रेसिडेन्सको नाममा रहेको जग्गा अनुसन्धानपछि सरकारकै रहेको ठहर गर्दै निर्णय प्रक्रियाबाट मालपोत ऐनको व्यवस्था अनुसार सरकारको नाममा ल्याइएको बताए ।

२०२१ को फिल्डबुकका आधारमा समेत उक्त जग्गा बाँसबारी जुत्ता कम्पनीको नाममा रहेको देखिएको उनले जानकारी दिए।

पत्रकार सम्मेलनमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले व्यक्ति वा संस्थाका नाममा रहेका सरकारी जग्गाहरु क्रमश राज्यको मातहतमा ल्याइने बताए ।

प्रतिक्रिया दिनुहोस्