नेविसंघका ५ कार्यकर्ता पक्राउ

1.41k
Shares

नवलपरासी। 

सहकारी ठगी तथा सुनकाण्डमा संलग्नलाई कारबाहीको माग गर्दै राके जुलुसमा सहभागी नेबिसंघका ५ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेकाे छ ।पकाउ पर्नेमा प्रज्वल क्षेत्री, हुमन पाण्डे,जितु खड्का,राेहन क्षेत्री र सुजल अधिकारी रहेकाे नेबिसंघ नवलपरासी पूर्वका सभापति हरिवंश सुबेदीले बताए ।

सभापति सुबेदीका अनुसार स्थानीय लुम्बिनी आदर्श डिग्री कलेजका नेबिसंघ ईकाई सभापति प्रज्वल क्षेत्रीकाे नेतृत्वमा विरोध जुलुसलाई प्रहरीले बिहीबार साँझ हस्तछेप गरी  धरपकड गरेकाे हो ।

प्रहरीले उप प्रधान तथा गृहमन्त्री रवि लामिछानेकाे राजीनामा माग गर्दै विरोध स्वरूप मशाल जुलुस निकाल्ने क्रममा बिद्यार्थीहरूलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ बेद बहादुर पाैडेलका अनुसार स्थानीय कावासाेती थाना चाेक अगाडि पुर्व पश्चिम राजमार्गबाट
प्रनानि महेश रायमाझीको कमान्डमा खटिएको २० जनकाे प्रहरी टोलीले बिद्यार्थीहरूलाई नियन्त्रणमा लिएको हो ।