सुन तस्करी प्रकरणमा पक्राउ परेका महरासँग सीआईबीले लियो बयान



काठमाडौँ। 

गत सोमवार पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज बयान लिएको छ । महरा बयानका लागि दिउँसो नर्भिक अस्पतालबाट सीआईबी कार्यालय लैनचौर पुगेका थिए ।

सुन तस्करी प्रकरणमा पक्राउ परेपछि जिल्ला अदालत काठमाण्डौले महरालाई चार दिन हिरासतमा राख्न र उपचारको व्यवस्था गर्न आदेश दिएको थियो । महरालाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

६१ किलो सुन र  विद्युतीय चुरोट (भेप) मा ल्याएको नौ किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकसँग महराको नाम जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्