सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

आज सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेर छापावाल सुन १ लाख २७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो बुधबार १ लाख २५ हजार २ सय रुपैयाँ थियो। यस्तै आज तेजावी सुन तोलाको १ लाख २७ हजार २ सय पुगेको छ।

फागुन २९ गते सुनको भाउले तोलामा १ लाख २६ हजार रुपैयाँ पुगेर उच्च रेकर्ड बनाएको थियो। सो रेकर्ड ९ दिनमै तोडिएको हो। चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको छ। अघिल्लो दिन तोलाको १ हजार ५२० रुपैयाँ रहेको चाँदी बिहीबार १ हजार ५५५ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्