हेटौंडामा सौन्दर्य शिक्षा अध्यापन गराइने



हेटौंडा ।

शिक्षालाई प्रयोगात्मक बनाउन हेटौंडा उपमहानगरपालिकाले सौन्दर्य शिक्षा अध्यापन गराउने भएको छ। सोमबार हेटौंडामा आयोजित सौन्दर्यकर्मी संगठन नेपालको संयुक्त प्रथम जिल्ला तथा नगर अधिवेशनमा उपमहानगर प्रमुख मीनाकुमारी लामाले शिक्षालाई व्यावहारिक बनाउन अध्यापनको तयारी भएको जानकारी गराइन् ।

साथै उनले अध्यापन हेटौंडा–२ स्थित सिद्धार्थ माविबाट शुरू गेर्ने बताइन् । सो क्रममा उनले त्यसलाई बिस्तार गर्दै नगरका सामुदायिक विद्यालयमा लैजाने लक्ष्य रहेको पनि जानकारी गराइन्।

सरकारले कक्षा नौदेखि १२ सम्म सौन्दर्य शिक्षालाई शैक्षिक पाठ्यक्रममा समावेश गरेको छ। सौन्दर्यकर्मी संगठन नेपाल मकवानपुरको संयुक्त प्रथम जिल्ला तथा नगरअधिवेशनले संगठन जिल्ला अध्यक्षमा जुनु लामा र नगरअध्यक्षमा कमला पौडेललाई चयन गरेको छ।

प्रतिक्रिया दिनुहोस्