कोटेश्वरका ट्राफिक प्रहरी प्रमुख गिरी ड्राइभिङ स्कुलमा



काठमाडौँ। 

ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक ‘क्रियशन ड्राइभिङ स्कुल’ मनोहरा फाँट लोकन्थली—जडीबुटीमा सवारी साधन चलाउन सिक्दै गरेका प्रशिक्षार्थीहरुलाई सवारी नियमबारे प्रशिक्षण दिन पुगे ।

‘क्रियशन ड्राइभिङ स्कुल’ले आफ्नो स्कुलमा सवारी साधन चलाउन सिक्दै गरेका प्रशिक्षार्थीहरुको लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रहरी निरीक्षक अच्युत गिरी त्यहाँ पुगेका हुन् ।

‘क्रियशन ड्राइभिङ स्कुल’का प्रबन्ध सञ्चालक दीपक तामाङका अनुसार यसअघि सो स्कुलका प्रशिक्षक (गुरु) हरुलाई सम्वन्धित वीज्ञ र ट्राफिक प्रहरी अधिकारीबाट प्रशिक्षण दिइसकेको छ भने सवारी साधन चलाउन सिक्ने सिकारुहरूलाई ट्राफिक प्रहरी अधिकृतबाट पहिलो पटक यसप्रकारको ज्ञान दिइएको हो ।

ड्राइभिङ स्कुलमा सैद्धान्तिक र प्रयोगात्मक सिप सिकेपछि सडकमा सवारी साधन चलाउँदा अपनाउनुपर्ने सावधानी र ट्राफिक अनुशासनबारे प्रशिक्षार्थीहरुलाई ट्राफिक प्रहरी निरीक्षक गिरीले प्रशिक्षण दिएका थिए ।

सवारी साधन चलाउन सिक्दै गरेको बेलामा ट्राफिक अनुशासन र सावधानीबारे सिकाउँदा उनीहरु सवारी चालक भएपछि हुनसक्ने सवारी दुर्घटनामा कमी हुने ट्राफिक प्रहरी निरीक्षक गिरीको दाबी छ ।

यातायात व्यवस्था विभागले लिने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षामा प्रयोग गरिने मोडेलका अल्टो कार, सुपर स्प्लेण्डर मोटरसाइकल र प्लेजर स्कुटरबाट प्रशिक्षण दिँदै आएको क्रियशन ड्राइभिङ स्कुल १० वर्षदेखि सुविधानगर, तिनकुनेमा र ४ वर्षदेखि मनोहरा प्लानिङ लौहकिल्थली—जडीबुटीमा सञ्चालित रहेको प्रबन्ध सञ्चालक तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्