बि.स्टार एकेडेमीको वार्षिकोत्सव



काठमाडौं ।

बि.स्टार एकेडेमी एन्ड युनिसेक्स सैलुनले चार रुपैयाँमा केस काटेर चौथो वार्षिकोत्सव मनाएको छ।

सैलुनका सञ्चालक एवं मेकअप आर्टिस्ट विक्रम गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बूढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीले युवालाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेकोमा सञ्चालक गौतमलाई बधाई एवं शुभकामना व्यक्त गरे।

हास्य कलाकार हरि निरौला ‘कक्रोचँ’ ले मेकअप आर्टिस्ट गौतम मिहिनेत र संघर्षले यो स्थानसम्म आइपुगेको चर्चा गरे।

कार्यक्रममा दीपक आचार्य ‘काकु’, सागर लम्साल ‘बले’, सुबोध गौतम ‘यदुमे’, भरतमणि पौडेल, सुरक्षा इटानी, रश्मी पाण्डे, पवन खतिवडा, नवीन थापा, नव नवीन खतिवडा, पुरुषोत्तम आचार्य, बबिन राई, अशोक धिताल, कुमार प्रयास, गोकुल अधिकारीलगायत कलाकारले शुभकामना मन्तव्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस्