संगीतमा टुना मुना



काठमाडौं ।

गायिका बबिना भट्टराईंको स्वरमा टुनामुना बोलको गीत सार्वजनिक गरिएको छ। युवा युवती फकाउने र तर्किने शब्द समेटेर तयार गरिएको गीतको शब्द रचना र संगीत बबिना भट्टराईंको छ।

गीतमा बबिनासँगै बैकुण्ठ प्रधानले स्वर भरेका छन्। महाराज थापाले संगीत संयोजन गरेको गीतको भिडियोमा बबिनासँगै बुद्धि तामाङ फिचर्ड छन्। प्रकाश खड्काको समूहले खिचेको भिडियोमा केशवराज भट्टको कोरियोग्राफी र निर्देशन छ।

प्रतिक्रिया दिनुहोस्