सन्नी देओल आफ्नो छोरा करणसँग ‘लाहोर १९४७’मा भिड्ने



मुम्बई । 

सन्नी देओलका छोरा करण देओललाई पनि ‘लाहोर १९४७’ मा कास्ट गरिएको छ ।

फिल्ममा सन्नी र करण पहिलो पटक एक अर्कासँग स्क्रिन सेयर गर्दैछन् ।

‘गदर २’ को ठूलो सफलतापछि मानिसहरु सन्नी देओलको नयाँ प्रोजेक्टको उत्सुकताका साथ पर्खिरहेका छन् । उनको आगामी फिल्म ‘लाहोर १९४७’ लाई लिएर निकै उत्साहित रहेका  छन् ।

आमिर खानले ‘लाहोर १९४७’ निर्माण गर्दैछन् । आमिरले फिल्ममा केमियो गर्ने कि नगर्ने भन्ने खुलाइएको छैन तर आमिर आफैले यो फिल्ममा केमियो गर्ने बताएका छन् ।

 रिपोर्टका अनुसार करणले सन्तोषी र आमिर खान दुवैलाई मन परेको फिल्मको लागि अडिसन दिएका थिए । अब सनी र करणको क्यारेक्टरसँग सम्बन्धित एउटा ठूलो अपडेट आएको छ ।

 सन्नी देओलले आफ्नो छोरा करण देओलसँग पहिलो पटक ‘लाहोर १९४७’ मा स्क्रिन सेयर गर्दैछन् । निर्देशक राजकुमार  सन्तोषीले आफ्नो पहिलो फिल्ममा बाबु छोरालाई पिच गर्न लागेको खुलासा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्