मल्लिकाले ल्याइन् गाजले



काठमाडौं ।

गायिका मल्लिका कार्कीले नयाँ गीत गाजले भिडियोसहित सार्वजनिक गरेकी छिन्। गीतमा राजेशकुमार श्रेष्ठको शब्द र एलिस कार्कीको संगीत तथा राजन इशानको एरेन्ज रहेको छ।

डान्सिङ नम्बरको गीतको भिडियोमा गायिका मल्लिकासहित आर्यन सिग्देल, स्मारिका ढकाल, सुरेश कोहली, किरण केसी र अंशु थापा फिचर्ड छन्। मैनामाया कार्की प्रस्तुतकर्ता रहेको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी र निर्देशन, हरि हुमागाईंको डीओपी र मित्र डी गुरुङको सम्पादन रहेको छ। भिडियो म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

एल्बम मल्लिकामार्फत नेपाली सांगीतिक क्षेत्रमा पाइला चालेकी गायिका मल्लिका कार्की गायक उदितनारायण झासँग गाएको गीत लाजको लाली पोतेर आइदेउनबाट स्थापित भएकी थिइन्।

त्यसपछि उनले यति धेरै मान्छेहरूको भीडमा, तिमीले नसम्झिँदा माया, जति टाढा भो, उति गाढा भो, नयाँ जीवनजस्ता गीत बजारमा ल्याएकी छन्।

प्रतिक्रिया दिनुहोस्