हिंसा बढ्दै गएपछि अमेरिकी सेनाले भगायो दूतावासका कर्मचारी



काठमाडौँ। 

हेटीमा बढ्दो गिरोह हिंसाको कारण अमेरिकी सेनाले राजधानी पोर्ट-ओ-प्रिन्सबाट आफ्ना दूतावासका कर्मचारीहरूलाई हवाईजहाजबाट उडाएको छ ।

राजधानी, पोर्ट-ओ-प्रिन्स र क्यारेबियन देशहरूमा हिंसा बढ्दै गएपछि अमेरिकी सेनाले हेटीमा रहेको अमेरिकी दूतावासबाट अमेरिकी कर्मचारीहरूलाई बिमानबाट बाहिर निकाल्न शनिबारदेखि आइतबार रातभरि काम गरेको सिबिएसन्यूजले जनाएको छ ।

अमेरिकी दक्षिणी कमान्डले आइतबार एक विज्ञप्तिमा मार्फत उक्त जानकारी गराउँदै कारबाहीको एक भागको रूपमा थप सुरक्षा तैनाथ गरिएको थियो।

अमेरिकी विदेश विभागको अनुरोधमा अमेरिकी सेनाले पोर्ट-ओ-प्रिन्समा अमेरिकी दूतावासको सुरक्षा बढाउन,दूतावासको कार्य सञ्चालनलाई जारी राख्न र गैर-आवश्यक कर्मचारीहरूलाई त्यहाँबाट बाहिर निकाल्न कारबाही गरेको अमेरिकी दक्षिणी कमान्डले आइतबार बिहान सीबीएस न्यूजलाई एक विज्ञप्तिमा बताएको छ ।

प्रतिक्रिया दिनुहोस्