वेदिक स्कुलको १०औं अभिभावक दिवस सम्पन्न



भक्तपुर ।

वेदिक स्कुलको १०औं अभिभावक दिवस सम्पन्न भएको छ । भक्तपुरको सूर्यविनायक–२ बालकोटमा रहेको सो विद्यालयले अभिभावक दिवसका अवसरमा गत शैक्षिक सत्रका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको थियो ।

उक्त अवसरमा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले गीत, नृत्य, नाटकलगायत आफ्नो कला प्रस्तुत गरेका थिए । साथै विद्यालयका शिक्षक शिक्षिकाले पनि नृत्य प्रस्तुति दिएको विद्यालयले जनाएको छ ।

सूर्यविनायक नगरपालिका–२ का वडा अध्यक्ष प्रदीप कार्कीको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन अधिकारीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयका ज्येष्ठ अभिभावकहरूलाई पनि सम्मान गरिएको थियो ।

अभिभावक दिवसकै अवसरमा विद्यालय परिसरमा विद्यार्थी तथा अभिभावकका निम्ति साधारण स्वास्थ्य जाँच तथा दाँतको उपचार गर्न स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।

त्यस्तै विद्यार्थीहरूका चित्रकला तथा हेनराइटिङ प्रदर्शनीसमेत गरेको थियो । पुरस्कृत विद्यार्थीहरूलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन अधिकारी, सञ्चालक आरके राउतलगायतले प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेका थिए ।

सोही अवसरमा नेपाली सेनाले विद्यालयस्तरमा सञ्चालन गरेको राष्ट्रिय सेवा दल (एनसीसी) तालिमका सहभागी वेदिक स्कुल विद्यार्थीहरूलाई पनि प्रमाण पत्र प्रदान गरिएको थियो ।

गत साउन १ गतेदेखि शुरू भएको सय दिने तालिममा वेदिक स्कुलका ३६ जना विद्यार्थी सहभागी रहेका थिए । नेपाली सेनाको भक्तपुर गठ्ठाघरस्थित भैरव बहान गुल्मसँगको समन्वयमा एनसीसी जुनियर डिभिजन तालिम शुरु भएको थियो । सहभागी विद्यार्थीलाई उक्त गुल्मका गुल्मपतिले प्रमाण पत्र दिएका थिए ।

स्वस्थ, अनुशासित, कर्तव्यनिष्ठ, लगनशील युवा तथा नेपालजस्तो विभिन्न प्राकृतिक प्रकोप आउन सक्ने मुलुकमा विपद्का बेला स्वयम् सेवकका रूपमा काम गर्ने गरी नेपाली सेनाले यस्तो तालिम दिँदै आएको छ । वेदिक स्कुलका विद्यार्थीहरूले तालिममा उत्कृष्ट प्रदर्शन गर्दै उत्कृष्ट विद्यालय र विद्यार्थीसमेत हुन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्