चेक रिपब्लिककी क्रिस्टिना ७१औं मिस वर्ल्ड



काठमाडौं ।

सन् २०२४ को मिस वर्ल्डको उपाधि चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभाले चुमेकी छन्। शनिबार राति भारतको मुम्बईंस्थित जियो कन्भेन्सन सेन्टरमा आयोजित ग्रान्ड फिनालेमा उनले ७१औं मिस वर्ल्डको उपाधि चुमेकी हुन्।

पेसाले अन्तर्राष्ट्रिय मोडल, स्वयंसेवक र विद्यार्थी २४ वर्षीया पाइस्कोभालाई मिस वर्ल्ड २०२२ क्यारोलिना विलाव्स्काले ताज पहिरिदिएकी थिइन्।

समारोहमा एसियाली मुलुक लेबनानकी यास्मिना जायतौन फस्ट रनर्सअप बन्दा मिस वर्ल्ड अमेरिकाको उपाधि ट्रिनिडाड एन्ड टोबागोकी अचे अब्राहम्स र मिस वर्ल्ड अफ्रिकाको उपाधि लेसेगो चोम्बोले जितिन्।

यसपटक नेपाल ब्युटी विथ अ पर्पस विधामा एसिया विजेता बन्यो भने नेपाल प्रतिस्पर्धाको अन्तिम ४० सम्म मात्रै सिमित रह्यो। मिस वर्ल्डको फिनालेलाई बलिउड फिल्म निर्माता करण जोहर र पूर्वमिस वर्ल्ड मेगन योङले सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्