लुकाइछिपाइ ल्याएको ११ लाख भन्दा बढी रकमसहित चारजना प्रहरीको नियन्त्रणमा

3.1k
Shares

मकवानपुर।

लुकाइछिपाइ ल्याएको ११ लाख ५० हजार रकमसहित प्रहरीले चारजनालाई नियन्त्रणमा लिइएको छ ।

हेटौँडा-१५ स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको बि आर ०१ एआर २९९१ नम्बरको भारतीय कारको सिटमुनी अवैध रकमसहित उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।

रकमसँगै कार चालक भारत विहार सीतामणि थाना ९९ भूभैरवो बस्ने वर्ष ३० को राकेशकुमार र सोही कारमा सवार वर्ष ३० को चन्द्रबाबु, वर्ष ३७ को अशोक राय, सुनसरी कोशी गाउँपालिका– ४ बस्ने वर्ष ३२ को निजाम मियाँसमेत चारजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको भण्डारीले बताए ।