प्रदेश स्तरीय भलिबलमा मेलम्ची नगरपालिका विजेता



दोलखा। 

दोलखा युवा सञ्जालले जनयुद्धको क्रममा सहिद भएका माओवादी केन्द्रका नेता स्व. रितबहादुर खड्काको स्मृतिमा आयोजना गरेको प्रथम बागमती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले हात पारेको छ ।

दोलखाको जिरी नगरपालिलाई पराजित गर्दै मेलम्ची नगरपालिकाले उपाधि हात पारेको हो । प्रतियोगितामा जिरी नगरपालिका उपविजेता बनेको छ भने तृतीय सिन्धुलीको कमलामाई नगरपालिका भएको आयोजक दोलखा युवा सञ्जालका अध्यक्ष पुष्कर अधिकारीले जानकारी दिए ।

सोमबारबाट दोलखा सदरमुकाम चरिकोटमा आयोजित प्रथम बागमती प्रदेश स्तरीय अन्तरपालिका सहिद रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगितामा बागमती प्रदेश भित्रका १४ वटा पालिका टिमको सहभागिता रहेको अध्यक्ष अधिकारीले बताए । प्रतियोगितामा विजेता टिमलाई दुई लाख ५१ हजार, उपविजेता टिमलाई एक लाख ५१ हजार र तृतीय हुने टिमलाई ५१ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्