भिडियोमा टाढिएका प्रेमी प्रेमिकाको भाव



काठमाडौं ।

गायक गायिका प्रवीण बेडवाल र अञ्जु पन्तको स्वरमा बढ्दै छ बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको छ।

गीतमा अर्जुन पोखरेलको शब्द रचना र संगीत तथा कुशल सिंह निलको एरेन्जमेन्ट रहेको छ। टाढा भएका प्रेमीप्रेमिकाको भावना प्रकट गरिएको गीतको भिडियोमा लेन र पवित्रा सकी (मिस पबी) फिचर्ड छन्। भिडियोमा लेन र मिस पबीलाई रोमान्टिक भावमा देखाइएको छ।

माधव शर्माको कन्सेप्ट र निर्देशन रहेको भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन र विकास दाहालको सम्पादन रहेको छ। द डिभाइन म्युजिकबाट सार्वजनिक भिडियो प्रकाश घिसिङले निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्