उपहारमा रेखाको रुप



आगामी शुक्रबार रिलिजमा आउने फिल्म उपहारमा समावेश कहिले बार बिर्सिन्छु बोलको गीत हालै सार्वजनिक गरिएको छ।
साइराज खाती र अञ्जु पन्तको स्वर, अर्जुन पोखरेलको संगीत तथा इन्दिरा अधिकारीको शब्द रचना रहेको गीतको भिडियोमा अभिनेत्री रेखा थापा ग्ल्यामर रूपमा देखिएकी छन्। ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा रेखासंगै मुकुन भुषाललाई प्रस्तुत गरिएको छ भने समर्पणजंग कार्की, पूजा शर्मा, तेज गिरी र बेनिशा हमालको जोडीलाई पनि प्रस्तुत गरिएको छ।

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा रेखा थापाद्वारा प्रस्तुत तथा सुलभ प्रतीक र समीक्षा देउजाद्वारा निर्मित फिल्ममा रेखा थापा, पूजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मञ्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त, सरिता राजोपाध्यायलगायतले अभिनय गरेका छन्।

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, विष्णु कल्पित घिमिरेको छायांकन र मित्र डी गुरुङको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्