एनओसी र कोमोरेबीबीच सम्झौता



काठमाडौं ।

फ्रान्सको पेरिसमा हुने ३३औं गृष्मकालीन ओलम्पिकमा सहभागी हुने नेपाली टिमको पोसाकका लागि नेपाल ओलम्पिक कमिटी (एनओसीं) ले आइतबार कोमोरेबीसँग सम्झौतामा हस्ताक्षर गरेको छ ।

एनओसीका लागि कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र कोमोरेबीबीचका लागि सीईओ ड्यानिएल भालेटिनले आइतबार सम्झौतामा हस्ताक्षर गरेका छन् । कोमोरेबी फ्रान्सेली टेक्सटाइल कम्पनी हो । सम्झौता अनुसार पेरिस ओलम्पिक्समा सहभागी हुने नेपाली टिमका सदस्यलाई कोमोरेबीले पोसाक उपलब्ध गराउने छ । सम्झौता चार वर्षको रहेको छ र यस अनुसार कोमोरेबी नेपाली ओलम्पिक टिमको आधिकारिक पोसाक साझेदार हुनेछ । सम्झौता अनुसार कोमोरेबीबीचले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एसियाअन्तर्गत हुने प्रतियोगितामा पनि नेपाली टिमलाई पोसाक उपलब्ध गराउने छ ।

यसमा गृष्मकालीन र शीतकालीन ओलम्पिक्स, गृष्मकाली र शीतकालीन एसियाली खेलकुद, गृष्मकाली र शीतकालीन युथ ओलम्पिक्स, एसियन बिच गेम्स र दक्षिण एसियाली खेलकुद रहेका छन् । एनओसीको अनुरोधमा कोमोरेबीचले उपलब्ध गराउने पोसाकमा अनय संस्थानको लोगो पनि राख्न सकिनेछ । कोमोरेबीले उपलब्ध गराउने सबै पोसाकमा एनओसीको स्वीकृति चाहिनेछ ।

एनओसीको मुख्यालय सातदोबाटोमा आयोजित कार्यक्रममा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको पनि उपस्थिति थियो । त्यस अवसरमा अध्यक्ष श्रेष्ठले यो अनुबन्धले नेपाली खेलकुदमा नयाँ आयाम थपेको र नेपाल र फ्रान्सबीच रहेको सुमधर सम्बन्ध पनि अझै प्रगाढ हुने बताए।

प्रतिक्रिया दिनुहोस्