लागुऔषधबारे जनचेतना जगाउन रामप्रसादले ल्याए गीत



काठमाडौं ।

गायक तथा संगितकार रामप्रसाद अवस्थीले राजधानीमा आयोजित एक कार्यक्रमबीच लागुऔषध रोकथाम तथा नियन्त्रणसम्बन्धी जनचेतनामूलक भिडियोसहित गीत सार्वजनीक गरेका छन्।

गीतले लागुऔषध कारोबार तथा सेवनबाट मानिसको जीवन कसरी बिग्रन सक्छ र यसबाट कसरी छुटकरा पाउने भन्ने सन्देश दिएको छ।

अवस्थीकै परिकल्पना, शब्द र संगीतमा तयार पारिएको गीत शान्तिश्री परियारले गाएकी छिन् भने भिडियोको निर्देशन गुरुआमाले गरेकी छिन्। भिडियोमा रामप्रसाद अवस्थी, अन्जली अधिकारी र आयुसा गौतमले अभिनय गरेका छन्।

डेढ दशक अघिबाट गीत संगीत क्षेत्रमा क्रियाशील अवस्थीले यसअघि थुप्रै गीत तथा म्युजिक भिडियो तयार परिसकेकी छन्।

गीत आमनेपालीको जीवनमा महत्वपूर्ण हुने भएकाले एकपटक हेर्न लागि गायक अवस्थी र गीतको सहकार्यमा हातेमालो गर्न प्रहरी कार्यालयले समेत अनुरोध गरेको छ।

गीत प्रहरी महानिरीक्षक वसन्तबहादुर कु“वरले विमोचन गरेका थिए। कार्यक्रममा गायक तथा संगीतकार अवस्थीलाई प्रहरीको लागुऔषध नियन्त्रण व्युरोले सम्मानसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्