काठमाडौँमा बसको ठक्करबाट एक जनाको मृत्यु

65.71k
Shares

काठमाडौँ।

काठमाडौँ महानगरपालिका–३ धुम्बाराही चोकमा बसको ठक्करबाट दोलखा गौरीशङ्कर गाउँपालिका–८ बस्ने २७ वर्षीय शरणबहादुर श्रेष्ठको मृत्यु भएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।