उदयपुर ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको विशेष प्रहरी टोलीले आइतबार अदालतबाट दोषी ठहर भएका एक जना फरार प्रतिवादलिाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार लागु औषध मुद्दामा दोषी ठहर भएका जिल्ला सप्तरी घर भै हाल त्रियुगा नगरपालिका ११ बस्ने मोहम्मद फत्तेलाई लुकी छिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेको फत्तेलाई उदयपुर जिल्ला अदालतले लागु औषध मुद्दामा दोषी ठहर गरी २ हजार जरिवाना तोकेकामा सो रकम नबुझाई फरार अवस्थामा रहेकोमा आइतबार पक्राउ गरी फैसला कार्यान्वयनकालागि जिल्ला अदालत उदयपुर बुझाइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया