गीतमा बबिनाको गुनासो



काठमाडौं ।

गायिका बबिना भट्टराईले गुनासो बोलको गीत सार्वजनिक गरेकी छन्। सरला श्रेष्ठले रचना गरेको गीतमा संगीत पनि बबिताकै छ।

सरला श्रेष्ठले लेखेको शब्दमा उनको स्वरले मिठास भर्ने काम गरेको छ। गीतको भावअनुसार बबिताको स्वर फिट देखिएको छ।
साहस शाक्यको संगीत संयोजन रहेको गीतलाई नकुल कार्कीले रेकर्ड गरेका हुन्।

गीतको भिडियोमा बबिना आफैँले अभिनय गरेकी छन्। गीतको भिडियो झिल्को क्रियसनले तयार गरेको हो।

प्रतिक्रिया दिनुहोस्