साफ यू–१६ महिला फुटबल: भुटानमाथि भारतको ७-० को फराकिलो जित



काठमाडौँ

भारतले आजदेखि काठमाडौँमा शुरु भएको साफ यू–१६ महिला फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

 आज भएको पहिलो खेलमा भारतले भुटानलाई ७-० गोल अन्तरले पराजित गरेको हो ।

 ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न यस खेलमा भारतका लागि अनुष्का कुमारी र पर्ल फर्नानडेजले २-२ गोल गरेका थिए भने श्वेता रानी, अन्विता रघुरमण, योंग टिग्रेसेसले एक एक गोल गरेका थिए ।

 प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटान गरी चार देश सहभागी हुदै छन् । प्रतियोगिताको पहिलो चरणमा सहभागी चार वटै टोलीले एक अर्कासँग एक–एक खेल खेल्नेछन् भने शिर्ष दुई स्थानमा रहने दुई देश फाइनलमा पुग्ने छन् ।

 अब शनिबार नेपालले बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्