दुई सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य आज तोलामा २०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको छ। यसै गरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ८५० रुपैयाँ निर्धारण भएको छ।

यसअघि, बुधबार छापावाल सुन १ लाख १८ हजार २०० रुपैयाँ कायम रहेको थियो। यसै गरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो।

बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदीको भाउ तोलाको १३ सय ७५ रुपैयाँ कायम रहेको छ। बुधबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्