आज कुन तरकारी र फलफूलको मूल्य कति छ ?



काठमाडौं ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार हरियो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अङ्गुर १८०, केरा १२० रुपैयाँ दर्जन, अनार २८०, अम्बा १५०, नेपाली सुन्तला १५० र स्ट्रबेरी भुईऐसेलु २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठुलो गोलभेँडा ५०, भारतीय ठुलो गोलभेँडा ६०, अदुवा २००, रातो आलु ३२ र रातो भारतीय आलु ३४ रूपैयाँमा कारोबार हुँदा स्थानीय काउली ३०, लौका ६०, कागती २४०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी १३० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा २५, लोकल सेतो मूला २५ र रातो मूला ५० रुपैयाँमा कारोबार हुँदा लोकल घिउ सिमी १५० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ र टाटे सिमी १०० रुपैयाँ, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ५० रूपैयाँमा खरिदबिक्री हुँदै छ भने तोरीको साग ३० र रायोको साग ४० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ५० रुपैयाँमा खरिदबिक्री भइरहँदा उता जिरीको साग ६० रुपैयाँमा कारोबार हुनेछ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ८५, हरियो प्याज ७० र पुदिना ३५० रुपैयाँ केजी कायम गरेको कालीमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २४०, हरियो लसुन १३० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भ्यान्टा ७०, भिण्डी ११० र हरियो धनियाँ ६० रुपैयाँ पाइने समितिले जनाएको छ।

उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २६०, रहु माछा ३४० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्