अमेरिकी डलरसँगै युरोमा सामान्य गिरावट



काठमाडौं ।

नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ।

आज अमेरिकी डलर सँगै युरोको भाउ बढेको छ भने र बेलायती पाउन्डको भाउ घटेको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९४ पैसा कायम गरिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ०१ पैसाले बढेको हो। मंगलबार अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९३ पैसामा भएको थियो।

बुधबार युरोपियन युरोको एकको खरिददर १४३ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४४ रुपैयाँ २२ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०२ पैसाले बढेको हो। मंगलबार यसको खरिददर १४३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसामा कारोबार भएको थियो।

त्यस्तै, बेलायती पाउन्ड सटर्लिङको भाउ १२ पैसाले घटेर एकको खरिददर १६७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६५ पैसा कायम गरिएको छ।

मंगलबार यसको खरिददर १६८ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७७ पैसामा कारोबार भएको थियो।
यता, अस्ट्रेलियन डलर एकको खरिददर भने ८६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०१ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रुपैयाँ ०५ पैसा र बिक्रीमा ९८ रुपैयाँ ५० पैसा कायम गरिएको छ।

उता, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८० पैसा कायम हुँदा बिक्री दर भने ८ रुपैयाँ ८४ रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रुपैयाँ ४७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रुपैयाँ ९४ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९९ पैसा कायम गरेको जनाइएको छ।

यसैगरी, बुधबार कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ २९ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ४५ पैसा कायम गरेको राष्ट्र बैङ्कले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ २९ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ४५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३६ रुपैयाँ २० पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २७ रुपैयाँ ७९ पैसा र बिक्रीदर २७ रुपैयाँ ९२ पैसा कायम गरेको छ।

साथै, कुवेती दिनार एकको खरिददर ४३० रुपैयाँ १३ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ०८ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६४ पैसा तोकिएको राष्ट्र बैङ्कले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्