पूर्वआईजीपी कार्कीको पुनर्बहाली रिट सर्वोच्चमा पेसी,पौडेलको इजलासमा


काठमाडौँ ।

पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पदमा पुनर्बहालीको माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ।

कार्कीले प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत आफूलाई पदबाट हटाइएको दाबी गर्दै पुनर्बहालीको माग गरेका छन्। साथै, नवनियुक्त आईजीपीलाई कामकाज गर्न नदिन अन्तरिम आदेशको मागसमेत गरेका छन्।

बालेन्द्र शाह नेतृत्वको सरकारले डा. मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गरेपछि कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो।