चौथो हिमालयन अवार्ड हुने



काठमाडौं ।

आयोजक वुमेन्स एरा एन्ड मिडिया ग्रुपले हिमालयन अन्तर्राष्ट्रिय अवार्डको चौथो संस्करण आयोजना गर्ने भएको छ। अवार्डका लागि आवेदन आह्वान गरिएको छ।

राष्ट्रिय भावका गीतसँगै पप, लोकदोहोरी, आधुनिक, बालगीत, डायस्पोरा र रिमिक्स विधालाई समावेश गरिएको अवार्डका लागि आइतबारबाट आवेदन फारम खुला गरिएको अवार्ड संयोजक गीता अधिकारीले जानकारी गराइन्।

अवार्डका अध्यक्ष गणेश सुवेदीका अनुसार २०८० वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म बजारमा आएका गीत, संगीतका स्रष्टा एवं प्राविधिकलाई अवार्ड प्रदान गरिनेछ। गीत तथा सिर्जनाहरू दर्ताका लागि आवेदनको अन्तिम म्याद चैत मसान्तसम्म तोकिएको छ।

अवार्ड समारोहमा नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्‍याएका एकजना विशिष्ट व्यक्तिलाई दीर्घ साधना सम्मान प्रदान गरिनेछ। गीतसंगीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउने संगीतकर्मी र पत्रकारलाई समेत अवार्डमा सम्मान गरिने आयोजक संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्