सुरेनको सल्लेरी पाखाहरु



काठमाडौं ।

सुरेन गौतमद्वारा स्वरबद्ध गीत सल्लेरी पाखाहरू सार्वजनिक गरिएको छ। विशाल पौडेलको संगीत र सुरेनकै शब्द रचना रहेको गीत भिडियोसहित सार्वजनिक गरिएको हो।

पिटर गुरुङको निर्देशनमा बनेको गीतको भिडियोमा दिक्पाल कार्की र जिशु कोइरालालाई फिचरिङ गरिएको छ भने छायांकन दिपेन खड्का र सम्पादन विष्णुहरि तिमिल्सिनाको छन्।

गीतको भिडियो सुरेनकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। ‘गीत र भिडियो दुवै अत्यन्त आकर्षक बनेका छन्,’ गायक गौतमले भने।

प्रतिक्रिया दिनुहोस्